बाराक ओबामा भन्छन्, ‘डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावलाई रियालिटी सो जस्तो बनाए’

४ भाद्र, एजेन्सी ।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनलाई ‘रियालिटी सो’ जसरी लिएको आरोप लगाएका छन्।

Advertisement

बुधवार प्रजातान्त्रिक सम्मेलनमा ओबामाले ट्रम्प राष्ट्रपतिका रुपमा अयोग्य भएको बताएका हुन्। ओबामाले भने,’डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा राम्रो काम गरेका छैनन् किनकि उनी सक्दैनन्।‘ उनले ट्रम्पले कुनै काम गर्न रुची समेत नदेखाएको बताएका छन्।

भने,’उनी आफूसँग भएको शक्तिको प्रयोग गर्न चाहँदैनन्। सबै काम आफू र आफ्ना साथीहरूका लागि मात्र गर्छन्।‘ बीबीसीका अनुसार चार दिन लामो प्रजातान्त्रिक सम्मेलनमा कमला ह्यारिसले उपराष्ट्रपति पदको मनोनयन स्वीकार्ने छिन्।अन्तिम दिन पार्टीकोतर्फबाट राष्ट्रपतिको उम्मेद्वारी दिएका जोय वाइडेनले पनि मन्तव्य दिनेछन्।

Advertisement

आउँदो नोभेम्बर ३ मा हुने निर्वाचनमा वाइडेन र ह्यारिसको प्रतिस्पर्धा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सविरुद्ध हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top