चिकित्सक संघले भन्याे- कोरोना उपचारमा बेड छुट्याउनुपर्ने निर्णय सच्याऊ

३ भदौ ७७, बिहीबार

४ भदौ, काठमाडौं ।
नेपाल चिकित्सक संघले निजी तथा सामुदायिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने सरकारी निर्णय सच्याउन माग गरेको छ । देशभरका स्वास्थ्य संस्था यो निर्णयका कारण संक्रमणको केन्द्र बन्न सक्ने भन्दै संघले सरकारलाई निर्णय सच्याउन आग्रह गरेको हो ।

प्रत्येक स्वास्थ्य संस्थाहरुमा कोभिड र ननकोभिडका बिरामीहरुको उपचार सँगै गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जनशक्ति, आवश्यक सुरक्षाका सामग्रीहरुको समेत बढी खपत हुने र राज्यलाई थप आर्थिक भार समेत पर्न जाने चिकित्सक संघका महासचिव डा बद्री रिजालले बताएका छन् ।

नेपालमा अझै पनि संक्रमितको उपचारका लागि छुट्टै स्वास्थ्य संस्थालाई कोभिड–१९ अस्पतालको रुपमा परिणत गरेर अलग्गै उपचार गर्न सकिए संक्रमण न्यून गर्न सकिने चिकित्सक संघले बताएको छ ।

Advertisement

हाल कोभिड भन्दा ननकोभिड अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै धेरै संक्रमित भएको देखिएकोले स्वास्थ्य संस्थामा उपचारमा संलग्न हुने सक्षम जनशक्तिकै अभाव भई भयावह स्थिति सिर्जना हुनसक्ने खतरा औंल्याएक छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजलाई १ तिहाई र अन्य अस्पतालले २० प्रतिशत बेड छुट्याउनुपर्र्ने निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top