आजका प्रमुख खबरहरुः
१.(बढेको भय)
नेपालमा कोरोनाका कारण हालसम्म १ सय २६ जनाको मृत्यु/विहीबार ७ सय ७ संक्रमित थपिँदा संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुग्यो /१७ हजार ९ सय ६४ जना डिस्चार्ज ।
२.(कहाँ कति छन् ? )
आज विहीबारसम्म ५ लाख ६६ हजार २ सय २० जनाको कोरोना परीक्षण /देशभर ११ हजार ७ सय ६८ जना क्वारेन्टिनमा /११ हजार ५ सय ५५ जना आइसोलेसनमा ।
३.(संक्रमण र उपचार)
प्रदेश १ मा आज ४२ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ३ सय ९७ पुग्यो/ कोशी अस्पताल कोभिड उपचार केन्द्रमा १० आईसियु र ५ वटा भेन्टिलेटरबाट लक्षण सहितका संक्रमितको उपचार सुरु ।
४.(स्वास्थ्य सुरक्षाका लागि)
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा कडाईका साथ लागू /निषेधाज्ञा उल्लंघन गरेर यात्रा गर्नेहरु होल्ड्गि सेन्टरमा /उपत्यकाका सवै बैंकहरु बन्द ।
५.(खुल्यो आँखा)
भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टिनलाई आइसोलेसनमा परिणत /दुई सय शैयाको आइसोलेसन तयार भए पनि तत्काल एक सय शैया सञ्चालनमा/सात जनाको स्वास्थ्यकर्मीको टिम परिचालन ।
६.(मनन् गर्ने कि ?)
निजी अस्पतालले संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने सरकारी निर्णय सच्याउन नेपाल चिकित्सक संघको माग /ननकोभिड अस्पतालका स्वास्थ्यकर्मीहरु नै धेरै संक्रमित भएकाले सक्षम जनशक्तिकै अभाव भई भयावह हुनसक्ने चिन्ता ।
७.(यसो गरे कसो होला ?)
काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्ने जनस्वाथ्य विज्ञ डा. रविन्द्र पाण्डेको भनाई / उपत्यकाका सबै क्षेत्रमा मानिसहरुलाई घर बाहिर समेत निस्कन नदिने गरी निषेधाज्ञा लागू गर्नुपर्ने उल्लेख ।
८. (कुरो भागबण्डाको)
नेकपाको विवाद समाधान कार्यदलले समाधानसम्बन्धी प्रस्ताव तयार पार्ने गृहकार्यमा जुटिरहेका बेला नेकपाका दुई अध्यक्षबीच सरकारका पछिल्ला नियुक्तिलाई लिएर विवाद /कार्यदल गठन भएयताको नियुक्तिप्रति अध्यक्ष दाहालको असन्तुष्टि ।
९.(लिदीको वेदना)
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुग्यो /अझै बेपत्ता १० जनाको खोजी कार्य जारी ।
१०.(पायौं त मौलिक हक ?)
पछिल्लो ६ महिनामा अधिकांश मौलिक हक सम्बन्धी नियमावलीहरु कार्यान्वयनमा ल्याएको कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङफेको भनाई /अझैपनि ३ वटा नियमावली निर्माणका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख ।
११. (खोई मल ?)
मल आयातमा भइरहेको ढिलाइ र अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाली कांग्रेसको माग /मलको अभावमा खेतमा धान पहेलिदा पनि मल नपाइनुले सरकार कृषि र कृषकप्रति उदासीन रहेको प्रष्ट हुने उल्लेख ।
१२.(एसिडले पोल्यो)
काठमाडौंको सीतापाइलामा पवित्रा कार्कीमाथि एसिड आक्रमण गर्ने दुई जना पुर्पक्षका लागि जेल चलान /राहत कोषबाट पीडितलाई तत्काल दुई लाख क्षतिपूर्ति दिन अदालतको आदेश /फैसलाका लागि सुनुवाइ हुन बाँकी ।
१३.(खानु भयो त दर ?)
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अघिल्लो दिन आज दर खाईदै /तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि दर खाने परम्परा /महामारीका कारण अहिले पाहुना नजान र भेला नहुन सवैमा अपील ।
१४.(जुर्मुराउँदै खेल)
इंग्लिस प्रिमियर लिग(ईपीएल) २०२०/२१ को खेल तालिका सार्वजनिक/आउँदो सेप्टेम्बर १२ बाट ईपीएलको नयाँ सिजन सुरु हुने/पहिलो दिन ६ खेल हुने ।
र,
१५.(विश्वलाई हेर्दा)
हालसम्म विश्वभर कोरोनाबाट ७ लाख ९१ हजार बढीको मृत्यु / २ करोड २६ लाख बढी संक्रमित /१ करोड ५३ लाख बढी उपचार पछि निको भए ।