×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

सीपीएलमा सन्दीप सम्मिलित जमैकाको पहिलो हार

५ भाद्र २०७७

५ भदौ, एजेन्सी ।
क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले पहिलो हार बेहोरेको छ । शुक्रबार विहान सम्पन्न खेलमा जमैका ट्रीनबेगो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो ।

जमैकाले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याएको ट्रीनबेगोले १८.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो । ट्रीनबेगोका लागि नारायणको सानदार अर्धशतक बनाए । जमैकाका फिडेल एडवाड्र्सले इनिङको तेस्रो बलमा नै लेन्डल सिमन्सलाई शून्यमा पेभेलियन फर्काएका थिए । त्यसपछि नारायण र मुनरोले दोस्रो विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै जमैकालाई खेलमा पकड जमाउन दिएनन् ।

Advertisement
Advertisement

नारायणले लगातार दोस्रो खेलमा अर्धशतक पूरा गर्ने क्रममा ३५ बलमा आँकडा पूरा गर्दै ट्रीनबेगोलाई जिततर्फ उन्मुख गराएका थिए । ११ औं ओभरको पाँचौ बलमा सन्दीपले नारायणको महत्त्वपूर्ण विकेट लिँदै जमैकालाई खेलमा फर्काए । नारायण ठूलो सट खेल्ने धुनमा डिप फाइन लेगमा कार्लोस ब्रेथवेटको हातबाट समातिएका थिए । उनले ३८ बलमा ७ चौका र २ छक्कासहित ५३ रन जोडे । दोस्रो विकेटका लागि उनले मुनरोसँग ७५ रनको साझेदारी गरेका थिए ।

नारायणपछि क्रिजमा आएका ड्यारेन ब्राभो १७ बलमा १४ रन जोड्दै मुजिब उर रहमानको बलमा उनकै हातबाट समातिए । मुनरो ४६ बलमा ४९ रन जोड्दै नटआउट रहे । उनले ५ चौका र २ छक्का प्रहार गरे । कप्तान पोलार्ड ५ बलमा १ चौकासहित ५ रन जोड्दै नटआउट रहे । जमैकाका लागि सन्दीपले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । मुजिबले ४ ओभरमा १३ रन दिँदै १ विकेट हात पारे । एडवाड्र्सले पनि ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन जोडेको थियो । ओपनर ग्लेन फिलिप्सले सर्वाधिक ५८ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् । फिलिप्सले ४२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै छैटौं विकेटका रुपमा जेडन सेल्सको शिकार बनेका थिए ।

अर्का ओपनर चाडविक वाल्टन इनिङको दोस्रो बलमा नै खाता नखोली अलि खानको बलमा क्याच आउट भएका थिए । तेस्रो ओभरको पहिलो बलमा नै निकोलस किर्तोन सेल्सको एलबीडब्लु धरापमा परे । उनी गोल्डेन डकमै पेभेलियन फर्किए । तेस्रो ओभरमा कप्तान रोभमान पावेल ८ रन जोड्दै अलि खानको बलमा क्याच आउट भए । आसिफ अलीले १६ बलमा २ छक्कासहित २२ रन जोड्दै रन गति बढाउन मदत गरे । उनलाई आठौं ओभरमा सुनिल नारायणले बोल्ड गरेका थिए । कार्लोस ब्रेथवेट ९ बलमा मात्र १ रन जोड्दै फवाद अहमदको बलमा बोल्ड हुँदा जमैका ६३–५ को स्थितिमा थियो ।

आन्द्रे रसलले २६ बलमा ३ चौकासहित २५ रन जोड्दै फिलिप्सलाई साथ दिए । फिलिप्स १६ औं ओभरमा आउट भएपछि रमाल लेविस क्रिजमा डटे । उनले १६ बलमा अविजित १५ रन बनाए । फिडेल एडवाड्र्स अन्तिम ओभरको दोस्रो बलमा १ रनमै रनआउट भएका थिए । ट्रीनबेगोका लागि सेल्स र अलि खानले २–२ विकेट लिए । नारायण, अहमद र ब्राभोले १–१ विकेट हात पारे ।

Advertisement

यसअघि पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top