काठमाडौं र भक्तपुरमा कार्यरत ३६ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

५ भदौ, काठमाडौँ ।
काठमाडौं र भक्तपुरमा कार्यरत ३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ । भक्तपुरमा २० जना र काठमाडौंमा १६ जनामा कोरोना संक्रमण भेटिएको सशस्त्र प्रहरी प्रवक्ता डिआइजी राजु अर्यालले पुष्टि गरे ।

Advertisement

भक्तपुरको दुवाकोटस्थित गुहेश्वरी गणमा २० जना र निलबाराही गण कीर्तिपुरमा कार्यरत १६ जना प्रहरीमा कोरोना देखिएको उनले बताए ।

गुहेश्वरी गणमा कार्यरत संक्रमित प्रहरी तराईका विभिन्न जिल्लामा सिमा क्षेत्रमा खटिएर गण फर्किएका थिए । त्यस्तै निलबाराही गणमा कार्यरत पनि उपत्यका बाहिरबाट भर्खरैमात्र फर्किएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top