×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगर लगायत मोरङका विभिन्न स्थानमा निषेधाज्ञा जारी

५ भाद्र २०७७

५ भदौ, विराटनगर ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगर महानगर क्षेत्रभित्र भदौ १० गतेसम्म ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले आज शुक्रबार राती १२ बजे देखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यसअघि विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रमा लकडाउन गरेको थियो । महानगरले लगाएको २१ दिनको लकडाउन शुक्रबार समाप्त भएपछि निषेधाज्ञा जारी भएको हो । महानगरले ७ दिन निषेधाज्ञा जारी गर्न प्रस्ताव गरेको भएपनि सुरक्षा समितिले ५ दिन मात्र निषेधाज्ञा गर्ने निर्णय गरेको महानगर मेयर भीम पराजुलीले बताए ।

Advertisement
Advertisement

यस्तै महानगरसहित मोरङको रंगेली नगरपालिकाको ४ , ५, ६, ७ कटहरी गाउँपालिकाको १ , २ , ३, ४, ५ र बुढीगंगा गाउँपालिकाको १,२,३, ४ नम्बर वडामा पनि निषेधाज्ञा जारी गरिउको छ। अहिले पनि हिँडडुल नियन्त्रित अवस्थामै भएपनि थप कडाई गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको उनले बताए ।

पाँच जनाभन्दा बढी हिँडडुल गर्न निषेध गरिने तथा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुललाई पूर्णरुपमा निषेध गरिएको उनले बताए । विराटनगरमा आज शुक्रबार मात्रै २९ जना कोरोना संक्रमित थपिएका छन् ।विराटनगरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ सय ७४ पुगिसकेको छ ।

Advertisement

 

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top