५ भदौ, पाँचथर ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजार नजिक भञ्ज्याङ चोकबाट १ थान एकनाले भरुवा बन्दुक, २ थान खुकुरी र १ थान हँसिया सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति ईलाम फाकफोकथुम गाउँपालिका–२ जरिङ्गे बस्ने २३ वर्षीय टंक तामाङसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले होहल्ला गरेपछि स्थानीयले भेला भई सोधपुछ गर्दा उनीहरुको साथमा अबैध हातहतियार समेत फेला पारेपश्चात नियन्त्रणमा लिएर राखेका थिए ।
अवैध हतियार बोकेको सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रबिबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।
