कोरोनाका बिरामी व्यवस्थापनमा कठिनाइ

काठमाडौँ : नेपालमा संक्रमण हुने जिल्ला र संख्यासमेत फैलिँदै गएपछि सरकारलाई बिरामी उपचारमा कठिनाइ परेको स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन्।

Advertisement

कोभिड–१९ व्यवस्थापनमै सरकारले तोेकेका हब तथा सेटलाइट अस्पतालहरूले समेत व्यवस्थापनमा सहयोग नगर्दा त्यस्तो हुन गएको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बताए। ‘निजी अस्पताल र मेडिकल कलेजले सहयोग गर्न मानेका छैनन्,’ उनले भने।

त्यसैगरी स्थानीय टोलछिमेकले लक्षण नभएका संक्रमितलाई समेत घरमा बस्न नदिएपछि संस्थागत आइसोलेसन र अस्पतालमा राख्नैपर्ने बाध्यता परेको मन्त्रालयले जनाएको छ।

Advertisement

‘लक्षण नभएकालाई होम आइसोलेसनमा राख्न टोलवासीले फैलिने शंका गरेर बस्न नदिएको अवस्था छ,’ उनले भने।, याे समाचार नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top