टर्कीकाे दाबी- ‘ब्ल्याक सी’ सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार फेला पर्याे

६ भदौ, एजेन्सी ।
टर्कीका राष्ट्रपति रेसेप तायिम इर्दोगानले ‘ब्ल्याक सी’मा हालसम्मकै ठूलो प्राकृतिक ग्यासको भण्डार पत्ता लगाएको दाबी गरेका छन्। राजधानी इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘फतेह’ नामको ड्रिलिङ जहाजले ३२० अर्ब क्युबिक मिटरको प्राकृतिक ग्यास भण्डार पत्ता लगाएको बताएका हन्।

Advertisement

उनले उक्त क्षेत्रमा थप ग्यास भण्डारको खोजी हुने पनि बताए । इर्दोगानले ब्ल्याक सीको ग्यास सन् २०२३ सम्म उपयोग गरिने बताए। टर्कीका ऊर्जामन्त्री फतेह दोनमेजले आफ्नो मुलुकको यो सफलता नवौंपटकको ड्रिलिङपछि प्राप्त भएको बताए।

Advertisement

यो टर्कीको इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार भएको बताइएको छ। फेला परेको भनिएको ग्यास समुद्रको २१०० मिटर तल रहेको बताइएको छ। यसबाट टर्कीलाई प्राकृतिक ग्यासका लागि अब रुस, इरान र अजरबैजानमा निर्भर रहनुपर्ने छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top