×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सम्भव हुने कार्यक्रम मात्र गरेर निजामती दिवस मनाउन निर्देशन

६ भाद्र २०७७

६ भाद्र, काठमाडौं ।
सरकारले कोरोना भाइरसको कारणले यस वर्षको निजामती सेवा दिवस सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।

निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा हालै बसेको बैठकले कोभिड १९ को सङ्क्रमणको जोखिम बढ्दै गएकोले बन्दाबन्दीको नियम पालना र स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर दिवसमा सम्भव हुने मात्र कार्यक्रम संचालन गर्न तीनै तहलाई निर्देशन दिएको हो ।

Advertisement
Advertisement

बैठकले निजामती सेवा पुरस्कार प्रदान गरिने कर्मचारीको नामावली घोषणा गर्नका लागि सवै सरकारी निकायमा कार्यरत कर्मचारीलाई समेटिने गरी १५ दिनको सूचना सूचना तथा सञ्चार मन्त्रालयको वेवसाइटमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

निजामती सेवा ऐन जारी गरेको सम्झनामा २०६१ सालबाट हरेक वर्ष भदौ २२ गते दिवस मनाउने गरिन्छ । बैठकले दिवसकै अवसरमा गोरखापत्र दैनिकमा निजामती सेवा विशेषाङ्क प्रकाशन गर्ने, आवश्यक श्रव्यदृश्य, पम्प्लेट आदि सन्देशमूलक सामाग्री तयारी गरी प्रचारप्रसार गर्न तथा रेडियो नेपाल र नेपाल टेलिभिजनमा निजामती सेवा सम्बन्धी विषयमा छलफल कार्यक्रम सञ्चालन गर्न सञ्चार मन्त्रालयलाई दिइने निर्णय गरेको छ ।

यस्तै दिवसकै अवसरमा सो सेवाप्रतिको जनअपेक्षा विषयक खुला निवन्ध प्रतियोगिता आयोजना गर्ने, कर्मचारीको आधिकारिक ट्रेड यूनियन लगायत सरोकारवाला संघसंस्थालाई स्वास्थ्यको मापदण्ड अवलम्बन गरी रचनात्मक कार्यक्रम गर्न अनुरोध समेत गरेको छ ।

Advertisement

बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा ११ सदस्यीय निजामती सेवा दिवस कार्यक्रम संयोजन उपसमिति गठन गरेको छ ।(रासस)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top