नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ६० जनामा कोरोना

५ भदौ ७७, शनिबार

६ भाद्र, वीरगन्ज ।
नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ जना संक्रमित बारा, एक जना रौतहट र बाँकी पर्साका बासिन्दा हुन् । अस्पतालका अनुसार ४ सय ५० वटा स्याम्पल परीक्षण गर्दा ८ महिलासहित ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ३० जना कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमित पाइएका छन् । ५ जना संक्रमितमा ज्वारो, खोकी र छाती दुख्ने लक्षण देखिएको छ ।

६० जना संक्रमितमध्ये २५ जना पर्साको पर्सागढी नगरपालिकाका बासिन्दा हुन् । जसमध्ये १७ जना संक्रमित वडा नम्बर ६ वागेश्वरीका बासिन्दा हुन् । ठोरी गाउँपालिकाको वडा नम्बर १ मा दुई जना र वडा नम्बर ४ मा एक जनामा कोरोना देखिएको छ ।

Advertisement

पटेर्वासुगौली गाउँपालिकामा तीन जना, सखुवाप्रसौनी गाउँपालिकामा एक जना र पकाहामैनपुर गाउँपालिकामा दुईजना स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक जना प्रहरीलाई कोरोना संक्रमण भएको छ ।

वीरगन्जको एक औषधि उद्योगका ८ जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ । अन्य संक्रमितहरु वीरगन्जको विर्ता, ड्राईपोर्ट, रानीघाट, नगवा, मुर्ली र बेल्वाका बासिन्दा हुन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top