विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा थप स्वास्थ्य सहायता सामग्री पठायो

६ भदाै, जेनेभा ।
विश्व स्वास्थ्य सङ्गठनले बेरुतमा थप स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ । सो सङ्गठनले लेबनानमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री पठाइने घोषणा यसअघि नै गरेको थियो । यसअघि पनि अगष्ट महिनाको पहिलो हप्तातिर पहिलो पटक सामग्री पठाएको थियो ।

लेबनानले निकै ठूलो समस्याको सामना गरिरहेकोले मानवीय सहायता स्वरुप त्यहाँ ती स्वास्थ्य सामग्री पठाइदिएको जनाइएको छ । लेबनानको राजधानी बेरुतमा केही समय अघि भएको शक्तिशाली विस्फोटमा परी कैयौँको ज्यान गएको थियो । त्यसैगरी सो विस्फोटले देशमा ठूलो जनधनको क्षति हुन पुगेको थियो ।

लेबनानका नागरिकले यहाँको सरकार र प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन शुरु गरेका र यसबाट राजनीतिक सङ्कट आउने भन्दै विश्व स्वासथ्य सङ्गठनले कोभिड १९ को रोकथाम र नियन्त्रणमा सहयोग पुग्नेगरी ती सामग्री पठाएको थियो ।

Advertisement

सोही कारण सो सङ्गठनले यो सहयोगको घोषणा गरेको हो । बेइरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँ दुर्घटना भएको थियो । लेबनानमा एकातर्फ विस्फोटका कारण ठूलो जनधनको क्षति भएको थियो भने अर्कातर्फ यहाँका नागरिकले सरकारका विरुद्धमा आन्दोलन शुरु गरेकोले अवस्था निकै अप्ठेरो भएकोले लेबनानलाई कोभिड १९ विरुद्ध लड्नका लागि सहयोगस्वरुप ती सामग्री पठाइएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा पुगेर यहाँका नागरिकको कोभिड १९ बाट हुने सङ्क्रमणको जोखिम कम गर्नका लागि पनि सहयोग गरिरहेको बताएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top