नेकपा विराटनगर-८ ले गर्याे २१ घर निर्मलीकरण

६ भदौ ७७, शनिबार

६ भदौ, विराटनगर ।
नेकपा विराटनगर–८ नम्वर वडा कमिटीले कोरोना संक्रमण भई होम आईसोलेसनमा रहेकाहरुको घर तथा संक्रमणको जोखिम रहेका ठाउँहरु निर्मलीकरण गरेको छ । वडा कमिटीले शनिबार विराटननगर– ८ का २१ घर निर्मलीकरण गरेको हो ।

Advertisement

नेकपा विराटनगर–८ नम्वर वडाकमिटी अध्यक्ष राम पोखरेलले अत्यधिक भिडभाड हुने चोकहरु, बालगोपाल मार्ग, अमरटोल, राजवंशी टोलका घरहरु निर्मलीकरण गरिएको जानकारी दिए ।

Advertisement

वडा कमिटीले घरहरु निर्मलीकरण गर्नुका साथै होम आईसोलेसनमा रहेकाहरु र संक्रमितको सम्पर्कमा रहेका घरपरिवारका सदस्यहलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनले बताए ।

निर्मलीकरण अभियानमा कमिटी सदस्य भुवन राजवंशी, सविन कामत, सीताराम राजवंशी, शिव मगर, सर्जुप्रसाद राजवंशी, रुपनारायण राय, चन्द्रबहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

यसअघि पनि वडा कमिटीले विराटनगर–८ का १७ वटा घरको निर्मलीकरण सँगै आयुर्वेदिक औषधीको रुपमा गुर्जो, दालचिनी, अदुवा र बेसार लगायतका सामाग्री समेत वितरण गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top