१२ वर्ष वा त्यो भन्दा माथिका बालबालिकाले मास्क प्रयोग गर्नु पर्ने

७ भाद्र, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिकासहितले मास्क प्रयोग गर्नु पर्ने जनाएको छ।

Advertisement

मास्क सम्बन्धी डब्लुएचओले जारी गरेको नयाँ निर्देशिकामा कोरोना भाइरसको संक्रमणबाट जोगिन र संक्रमण फैलिन नदिनका लागि सम्बन्धित देशहरुको निर्देशिकासँग अनुकुल हुने गरी १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिका, किशोरकिशोरीसहितले मास्क लगाउनु पर्ने उल्लेख छ।

बालबालिकाबाट भाइरसको संक्रमण कस्तो वा कुन दरमा हुन्छ भन्नेबारे सीमित मात्रै जानकारी रहेको स्वीकार गरेको डब्लुएचओले किशोरकिशोरीबाट भने वश्यकहरुबाट जस्तै संक्रमण फैलिने बताएको छ। डब्लुएचओले पाँच वर्षसम्मका बालबालिकाले भने मास्क लगाउनु नपर्ने जनाएको छ।

Advertisement

डब्लुएचओको नयाँ निर्देशिका अनुसार १२ वर्षभन्दा माथिकाले वयश्कले जस्तै मास्क लगाउनु पर्ने तथा ६ देखि ११ वर्षसम्मका बालबालिकाको हकमा भने संक्रमण फैलिएको क्षेत्र वा संक्रमित व्यक्तिको सम्पर्कमा जाँदा मास्क लगाउनु पर्ने उल्लेख छ।

मास्कको प्रयोगमा आफ्ना बालबालिकालाई अभिभावकले सहयोग गर्नु पर्ने पनि डब्लुएचओले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top