चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

६ भदौ ७७, आइतबार

७ भाद्र, चितवन ।
चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

मकवानपुरस्थित हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको थियो। महिलाको मृत्यु भएपछि कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको चितवन कोभिड १९ अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङकलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो। कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो।

Advertisement

उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top