रौतहटमा बाग्मती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता

६ भदौ ७७, आइतबार

७ भदौ, रौतहट । रौतहटको गढीमाई नगरपालिकामा रहेको बाग्मती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता भएका छन् ।

Advertisement

गढीमाई-७ धर्मपुरका १० वर्षीया पिंकुकुमारी मुखिया, १२ वर्षीया सुसिताकुमारी दास र १० वर्षीया चन्चलकुमारी मुखिया बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले बताएको छ ।

बालिकाहरुको खोजीका लागि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । नदीमा नुहाउन गाउँका अन्य बालबालिका पनि गएको र त्यस क्रममा ३ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

Advertisement

उनीहरुको खोजी जारी छ । नदीमा पानीको बहाब उच्च भएकाले उनीहरुलाई बगाएको हुन सक्‍ने आशंका प्रहरीको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top