विश्वका ३८ देशमा कार्यरत ३४ हजारबढी नेपालीमा संक्रमण, १९२ को मृत्यु

७ भदौ, काठमाडौं । विश्वका विभिन्न ३८ देशमा कार्यरत ३४ हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म संसारका ३८ देशमा कार्यरत ३४ हजार ३ सय १ जना नेपालीमा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ९३ दशमलव ५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना नेपाली शनिबार साँझसम्म कोरोना मुक्त भएको समितिले जनाएको छ ।

विदेशका १६ देशमा १९२ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । स्वास्थ्य समितिका अनुसार गएको साता थप एकसहित अहिलेसम्म संसारका विभिन्न देशमा रहेका १ सय ९२ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो । गएको साता लग्जम्वर्गमा १ नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।

अहिलेसम्म कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान छ । स्वास्थ्य समितिका अनुसार फेरि गएको साता विभिन्न देशमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमण बढ्दो छ ।

गएको साता अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा रहेका नेपालीमा सामान्य रुपमा सङ्क्रमण दर बढेको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भइसकेको छ ।

डा. सापकोटाले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गरेका छन् ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top