होटल क्वारेन्टाइनमा असुविधा भए होटललाई कारबाही

७ भदौ, काठमाडौँ ।
होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले होटल क्वारेन्टाइनमा बस्नेलाई सरकारले तोके अनुसारको सेवा सुविधा उपलब्ध नगराए कारबाही गरिने बताएका छन् । महासंघले होटल क्वारेन्टाइनहरुको नियमित अनुगमन गर्ने र सरकारले तोकेको मापदण्ड अनुसार सुविधा नदिए सम्बन्धित होटललाई कारबाही गरिने शाहले बताएका हुन् ।

अनुगमनका लागि महासंघले कार्यकारी महासचिव शेरबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेको अध्यक्ष शाहले बताए । उक्त समितिले दैनिक रुपमा होटल क्वारेन्टाइनको अनुगमन गर्ने र सरकारले भने अनुसारको खाना, खाजा लगायतको सेवा उपलब्ध नगराएको पाइए कारबाही गरिने बताए । त्यस्तो होटललाई होटल क्वारेन्टाइनको सूचीबाट हटाउन सिफारिस गरिने उनले बताए । सरकारले संक्रमितहरुलाई राख्न आइसोलेसन सेन्टर निर्माण गर्नको लागि होटलको माग गरेकाले बस्ती भन्दा टाढा रहेका पाँचवटा होटल उपलब्ध गराउने सम्बन्धमा महासंघमा छलफल भइरहेको पनि शाहले बताए ।

सरकारले महासंघ अन्तर्गत काठमाडौं उपत्यकामा रहेका १ सय १२ वटा होटल सहित कुल २ सय २० वटा होटलहरुहरुलाई होटल क्वारेन्टाइनको रुपमा सूचीकरण गरेको छ । जसमा ३ हजार ५ सय वटा बेड क्षमता रहेको छ । सरकारले विदेशबाट नेपाल आउने व्यक्तिलाई आफ्नै खर्चमा ७ दिन सम्म अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top