अमेरिकामा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गर्न अनुमति

८ भदौ, वासिङ्टन ।
अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन(एफडीए)ले आपत्कालीन अवस्थामा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति प्रदान गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबारको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्।

Advertisement

ट्रम्पले प्लाज्मा थेरामीमार्फत् कोरोना मृत्यु दरलाई ३५ प्रतिशतसम्म कम गर्न सकिने अनुसन्धानमा पाइएको उल्लेख गर्दै कोरोना संक्रमणबाट निको भएकाहरुलाई प्लाज्मा दान गर्न पनि अपिल गरे।

एफडीएका अनुसार अहिलेसम्म अमेरिकामा ७० हजारभन्दा बढी कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार भइसहेको छ । प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले प्लाज्मा थेरापीले अनुमति पाउनु ‘ऐतिहासिक’ भएको बताए । कोरोना भाइरसलाई पुनः एक पटक ‘चिनियाँ भाइरस’ संज्ञा दिँदै उनले भने, ‘आज म वास्तवमै चिनियाँ भाइरसविरुद्धको हाम्रो लडाइँको एउटा ऐतिहासिक घोषणा गर्दैछु जसले अनगिन्ती जीवनहरु बचाउनेछ । आजको कदमले कोरोना संक्रमितको उपचारमा पहुँच बढाउनेछ ।’

Advertisement

गत हप्ता राष्ट्रपति ट्रम्पले ‘कन्भालेसेन्ट प्लाज्मा थेरापी’ का लागि अनुमति नदिएर राजनीति गरिरहेको बताएका थिए । आइतबार टम्पले प्लाज्मा थेरापीबाट कोरोनाबाट हुने मृत्युदर ३५ प्रतिशतसम्म कम भएको दाबी गरे । त्यस्तै उनले कोरोनाविरुद्धको खोप पनि चाँडै नै निर्माण हुने बताए ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म करिब ५७ लाख संक्रमित भइसकेका छन् । त्यस्तै कोरोनाबाट अमेरिकामा एक लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ भने करिब २० लाख निको भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top