सीपीएलः ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसियाको लगातार तेस्रो जित

सीपीएलः ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसियाको लगातार तेस्रो जित

८ भदौ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा ट्रिनबागो नाइट राइडर्सले लगातार तेस्रो जित हात पारेको छ ।

कप्तान किरण पोलार्ड कोलिन मनरो र डारेन ब्राभोले उत्कृष्ट ब्याटिङ गरेको खेलमा ट्रिनबागोले साविक विजेता बार्बेडोस ट्राइडेन्ट्सलाई १९ रनले पराजित गरेको हो । यस्तै सेन्ट लुसिया जुक्सले पनि गायनालाई हराएर लगातार तेस्रो जित हात पारेको छ ।

लगातार ३ खेल जितेको ट्रिनबागो ६ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । ट्रिनबागो यस सिजन अपराजित एक्लो टिमसमेत हो । साविक विजेता बार्बेडोसको भने यो लगातार दोस्रो हार हो । ३ खेल खेल्दा बार्बेडोसले एक खेल मात्र जितेको छ ।

ट्रिनबागोले दिएको १८६ रनको लक्ष्य पछ्याएको बार्बेडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो ।

यसैविच, पहिलो खेलमा पराजित भएपनि लगातार तेस्रो जित हात पार्ने क्रममा सेन्ट लुसिया जुक्सले गायाना अमेजन वारियर्समाथि १० रनको रोमाञ्चक जित हात पारेको छ ।

गएराति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जुक्सले रोस्टन चेसको अर्धशतक मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो । गायानालाई हराएर लगातार तेस्रो जित हात पारेको जुक्सले ४ खेलबाट ट्रिनबागो समान ६ अंक नै जोडेको छ । तर रनरेटमा ट्रिनबागो अघि रहँदै पहिलो स्थानमा छ भने जुक्स दोस्रो स्थानमा छ । ४ खेलबाट ४ अंक नै रहेको गायना तेस्रो स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.