हिन्दू एकल आमाले हुर्काएकी कमला ह्यारिस कसरी उपराष्ट्रपतिको दौडमा पुगिन् ?

८ भाद्र, एजेन्सी ।
अमेरिकाको राष्ट्रपति बन्ने आफ्नो सपना तुहिएको महिनौँपछि कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीको अर्को महत्त्वपूर्ण अवसर दिएको छ।

Advertisement

एक वर्षअघि उनले उम्मेदवार बन्न मतदाताका अगाडि भएका शृङ्खलाबद्ध बहसहरूमा प्रतिस्पर्धी जो बाइडनको तीव्र आलोचना गरेकी थिइन्। सन् २०१९ को अन्त्यमा उनको अभियान पनि अन्त्य भयो। अहिले ५५ वर्षीया ह्यारिसलाई डेमोक्र्याटिक पार्टीको तर्फबाट उपराष्ट्रपतिको दौडमा होमेको छ।

यहाँ कमला ह्यारिसबारे चर्चा गरिएको छ। उनलाई ह्वाइट हाउसको निम्ति एक फरक प्रतिस्पर्धीका रूपमा हेरिएको छ।

Advertisement

भारतीय हिन्दू आमा
भारतमा जन्मिएकी आमा र जमैकामा जन्मिएका बुवाकी छोरी ह्यारिसको जन्म क्यालिफोर्नियाको ओक्लन्डमा भएको हो।

बाबुआमाको सम्बन्धबिच्छेद भएपछि क्यान्सर अनुसन्धानकर्ता एवम् नागरिक अधिकारकर्मीको पहिचान बनाएकी हिन्दू एकल आमाले उनको लालनपालन गरिन्। उनी आमासँगै भारत जाँदै त्यहाँको परम्परासँग अभ्यस्त भएर हुर्किइन्।

Advertisement

तर ह्यारिसले आफ्नी आमाले ओक्लन्डको अफ्रिकी–अमेरिकी संस्कृति अवलम्बन गरेको र त्यसमा आफू र आफ्नी बहिनीलाई अभ्यस्त बनाएको जनाएकी छन्।

आफूले दुई अश्वेत छोरीलाई हुर्काइरहेको कुरा मेरी आमाले राम्ररी बुझ्नुभएको थियो, ह्यारिसले आफ्नो आत्मकथा द ट्रूथ वी होल्डमा लेखेकी छन्, आमाले आफूले अवलम्बन गरेको गृहभूमिले माया र मलाई अश्वेत केटीहरूको रूपमा हेर्ने कुरा थाहा थियो र हामी अश्वेत महिलाप्रति गर्व रहेको आत्मविश्वासमा हुर्किने कुरा सुनिश्चित गर्न आमा प्रतिबद्ध हुनुहुन्थ्यो।

उनी एउटा उत्कृष्ट हावर्ड विश्वविद्यालयमा पढेकी हुन्। त्यसलाई ऐतिहासिक रूपले देशको एउटा अश्वेत कलेज र विश्वविद्यालय मानिन्छ। ह्यारिसले त्यहाँ आफूले जीवनकै अतिरचनात्मक अभ्यासहरू सँगालेको बताएकी छन्। कमला ह्यारिसले भनेकी छन्, उनको पहिचान उनलाई सदैव सहज लाग्छ र उनी एक अमेरिकी हुन्।

सन् २०१९ मा उनले वाशिङ्टन पोस्टलाई राजनीतिज्ञहरू रङ्ग र पृष्ठभूमिका कारण विभाजित हुनु नहुने बताएकी थिइन्। उनको भनाइ थियो, मेरो कुरा के हो भने, म जे हुँ म त्यही हुँ। म यसमा ठिक छु। तपाईँलाई त्यो पत्ता लगाउने खाँचो पर्न सक्छ तर मलाई यसमै राम्रो छ।

कानुनी क्षेत्र
हावर्डमा चार वर्ष बिताएपछि ह्यारिस कानुनी शिक्षा लिन यूनिभर्सिटी अफ क्यालिफोर्निया गइन् र अल्मेडा काउन्टीको जिल्ला न्यायाधिवक्ताको कार्यालयमा काम थालिन्।

उनी सन् २००३ मा सान फ्रान्सिस्को निम्ति उच्च अभियोजनकर्ताको रूपमा जिल्ला न्यायाधिवक्ता बनिन्। त्यसपछि उनी अमेरिकाको धेरै जनसङ्ख्या भएको राज्य क्यालिफोर्नियाको प्रथम महिला र प्रथम अफ्रिकी अमेरिकी महान्यायाधिवक्ता बनेकी थिइन्।

करिब दुई अवधि पूरा गरेपछि ह्रयारिसले डेमोक्र्याटिक पार्टीको एक उदाउँदो ताराको रूपमा सम्मान पाइन्। त्यसले उनलाई सन् २०१७ मा क्यालिफोर्नियाको कनिष्ठ अमेरिकी सिनेटर बनायो।

तुहेको सपना

क्यालिफोर्नियाको ओक्लन्डमा गत वर्षको सुरुमा २०,००० जनाभन्दा बढी मानिसका अगाडि सन् २०२० को राष्ट्रपतीय उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गर्दा प्रारम्भिक उत्साह देखाएकी थिइन्।

तर आफ्नो अभियानको स्पष्ट औचित्य व्यक्त गर्न उनी विफल भइन्। उनले स्वास्थ्यसेवाजस्ता मुख्य नीतिगत क्षेत्रबारे स्पष्ट उत्तर दिन सकिनन्। उनी आफ्नो उम्मेदवारीको महत्त्व स्पष्ट पार्ने प्रमुख मुद्दा राख्न पनि विफल भइन्। बहसको प्रस्तुतिले उनको अभियोजन कला देखायो जसको निसानामा धेरैजसो जो बाइडन पर्थे।

मार्च महिनामा भने उनले भूतपूर्व उपराष्ट्रपति बाइडनलाई समर्थन गरिन् र बाइडनलाई अमेरिकाको राष्ट्रपतिको रूपमा निर्वाचित गर्न आफ्नो शक्तिले सक्ने जति सबै सहयोग गर्ने बताइन्।

कमला एक सिपाही

राष्ट्रपतिको दौडले क्यालिफोर्नियाको प्रमुख अभियोजनकर्ताको रूपमा उनले बनाएको छवि प्रकाशमा ल्याइदियो।

समलैङ्गिक विवाह र मृत्युदण्डजस्ता मुद्दामा वामपन्थी झुकाव भए पनि उनी पर्याप्त प्रगतिशील नभएको भन्दै प्रगतिशीलहरूले उनलाई बारम्बार आक्रमण गरेका थिए। आफूलाई प्रगतिशील अभियोजनकर्ताुको रूपमा प्रस्तुत गर्ने उनले आफूले गरेका कामलाई वामपन्थतर्फ झुकाव राख्ने भनेर जोड दिइन्।

त्यसमा क्यालिफोर्नियाको न्याय मन्त्रालयका केही विशेष प्रतिनिधिहरूलाई शरीरमा जोड्ने क्यामेराको खाँचो रहेको भनी आफूले उठाएको विषय एक थियो। त्यो अवलम्बन गर्ने पहिलो राज्य बनेको थियो। त्यस्तै अपराध तथ्याङ्कमा नागरिकको पहुँच स्थापित गर्ने प्रविधि सुरु गर्नुलाई उनले अर्को उपलब्धिको रूपमा प्रस्तुत गरिन्।

तैपनि त्यसले आकर्षित गरेन। उम्मेदवार प्रतिस्पर्धाको अभियानमा कमला एक सिपाही भन्ने थेगो बन्यो। त्यसले थप उदार डेमोक्र्याटिक धरातलमा विजयी हुने उनको प्रयासमा बाधा पुर्‍यायो।

अघिल्लो भागमा कमला–आसन

अहिले अमेरिकामा जातीय लेखाजोख र प्रहरी क्रूरतामाथिको छानबिन चलिरहेका बेला ह्यारिस प्रगतिशील आवाज उठाउन अग्रपङ्क्तिमा बसेकी छन्।

छलफल कार्यक्रममा उनले अमेरिकाभरि प्रहरी अभ्यासमा परिवर्तनका लागि आह्वान गर्छिन्। ट्विटरमा उनले कन्टकीकी २६ वर्षीया अफ्रिकी अमेरिकी ब्रियोना टेलरको हत्या गर्ने प्रहरी अधिकारीहरूको गिरफ्तारीको माग गर्छिन् र प्रणालीगत जातीयता अन्त्य गर्न बारम्बार बोल्ने गर्छिन्।

ह्यारिसले सधैँ भन्ने कुरा के हो भने उनको पहिचान अल्पसङ्कख्यकको प्रतिनिधित्व गर्न विशिष्ट रूपले अनुकूल छ। यदि उनलाई उपराष्ट्रपति बनाइएमा बाइडनले उनलाई ह्वाइट हाउसभित्रबाट त्यो काम गर्ने अवसर दिन सक्छन्। (बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top