बार्सिलोनाका मिडफिल्डर पियानेचलाई कोरोना संक्रमण

बार्सिलोनाका मिडफिल्डर पियानेचलाई कोरोना संक्रमण

८ भाद्र, एजेन्सी ।
बार्सिलोनाका मिडफिल्डर मिरालिम पियानेचलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बार्सिलोनाले आफ्नो अफिसियल साइटमा पियानेचलाई कोरोना संक्रमण देखिएको बताएको छ । स्पेनिस क्लबका मिडफिल्डर पियानेचलाई शनिबार कोरोनाको पुष्टि भएको बार्सिलोनाले बताएको छ । बार्सिलोनले आफ्नो अफिसियल साइटमा भने आइतबार राति कोरोना पुष्टि भएको बताएको थियो ।

३० वर्षीय खेलाडी पियानेच यो सिजन मात्र इटालियन क्लब युभेन्ट्सबाट बार्सिलोनामा आएका हुन् । बार्सिलोनाले आफ्ना स्टार खेलाडी अर्थरलाई युभेन्ट्मा दिएर पियानेचलाई बार्सिलोना ल्याएको हो । “पियानेचलाई पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको छ ।

उनको स्वास्थ्य ठीक र घरमै आइसोलेसनमा बसेका छन्,” बार्सिलोनाको अफिसियल साइटमा लेखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.