नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

८ भदौ ७७, सोमबार
Share this
701shares

८ भदौ, काठमाडौं । कोरोना संक्रमित नेपाल प्रहरीको संख्या एक हजार नाघेको छ ।

Advertisement

सोमबारसम्म नेपालका विभिन्न स्थानमा खटिएका प्रहरीमा संक्रमण हुनेको संख्या एक हजार एक सय ४२ पुगेको हो । तीमध्ये सात सय ४४ जना देशका विभिन्न स्थानमा रहेको अस्पतात तथा आइसोलेशन सेन्टरमा उपचाररत छन्।

बाँकी ३ सय ९८ जना प्रहरी कर्मचारीहरू उपचारपछि घर फर्किसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।

Advertisement

उनका अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा मात्रै २०१ जना संक्रमित छन्। महानगरीय प्रहरी कार्यालय, रानीपोखरी अन्तर्गत पर्ने तीन जिल्लामा ७९ जना संक्रमित प्रहरी छन्।

त्यस्तै प्रदेश नम्बर १ मा एक सय ५६, प्रदेश दुईमा १ सय २६, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा २८, प्रदेश नम्बर पाँचमा ७९, कर्णलीमा १६ जना र सुदुरपश्चिम प्रदेशमा १२ जना संक्रमितको उपचार भइरहेको प्रवक्ता एसएसपी कडायतले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top