उपत्यकामा कोरोना सङ्क्रमण बढ्यो

काठमाडौँ : बन्दाबन्दी खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ । बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा थप २२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले सरोकार निकाय र नागरिक तहमा उच्च सतर्कता आवश्यक भएको बताए । उनले यही अवस्थामा सङ्क्रमितको सङ्ख्या बढ्दै गए समुदायमा फैलने र उपचारमा समेत कठिन हुनेछ भने।

Advertisement

उनले उपत्यकासहित नेपालमा भने ७४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । देशका विभिन्न प्रयोगशालामा १० हजार २४३ जनाको पीसीआर परीक्षणका क्रममा ७४३ जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको हो । तीमध्ये २४६ महिला र ४९७ पुरुष छन् ।

नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ । प्रवक्ता गौतमले देशभर ११ हजार २७५ जना क्वारेन्टाइनमा रहेको बताए । त्यसैगरी होम क्वारेन्टाइनमा चार हजार ५६१ जना छन् । विभिन्न अस्पतालका आइसोलेसनमा नौ हजार १५४ जना सङ्क्रमित उपचाररत छन् ।

Advertisement

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । उनले काठमाडौँमा ४८ वर्षीया एक महिलासहित आठको मृत्यु भएको बताए ।

यस्तै सुनसरीका ६७ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७१ वर्षीया महिला र रुपन्देहीमा ६७ वर्षीया महिला र ३८, ५३, ५४ वर्षीय पुरुष गरी आठ सङ्क्रमितको मृत्यु भएको हो । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top