मलेसियाबाट अगष्ट २८ र ३० मा ५ जहाजले उडान गर्ने

९ भदौ ७७, मंगलबार

९ भदाै, दोहा ।

Advertisement

कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन मलेसियाबाट पछिल्लो चरणमा ५ वटा उडान तय भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अगष्ट २८ र ३० तारिखमा नेपाल, हिमालय र मलिन्दो एयरलाइन्सले उडान भर्ने जनाएको छ । अगष्ट २८ तारिखमा नेपाल र हिमालय एयरलाइन्सले उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

Advertisement

यसैगरी, ३० अगष्टमा नेपाल, हिमालय तथा मलिन्दो एयरलाइन्सले उडान गर्ने भएको दूतावासले जनाएको छ । यसअघि अगष्ट १९, २० र २१ तारिखको लागि टिकट कटिसकेका यात्रुहरुले ट्राभल्स एजेन्सीसंग सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ भएका व्यक्तिहरुले मात्र यात्रा गर्न पाउने छन् । पीसीआर रिपोर्ट नेपाल पुग्ने दिन सम्ममा ७ दिन भित्रको हुनुपर्ने दूतावासले जनाएको छ । भदौ १६ गते देखि सुरु हुने नियमित उडानको तालिका पनि छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top