भैरहवाको भीम अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

९ भदौ ७७, मंगलबार

९ भाद्र, भैरहवा ।
भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

रुपन्देहीको गैडहवा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । एक साताअघि घरको छतबाट लडेर गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल लगिएको थियो ।

शिक्षण अस्पतालमा रहेकै बेला गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई थप उपचारका लागि सोमबार बिहान भीम अस्पताल लगिएको थियो । भीम अस्पताल कोभिड–१९ का फोकल पर्सन डा। सुमित प्रजापतिका अनुसार ती व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको थियो ।

Advertisement

‘आईसीयू कक्षमै राखेर उपचार गर्नुपर्ने अवस्था थियो,’ प्रजापतिले भने, ‘यहाँ बचाउने धेरै प्रयास गरे पनि सफल भइएन ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top