नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा अनिश्चितकालका लागि स्थगित

नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा अनिश्चितकालका लागि स्थगित

९ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

क्यानले विज्ञप्ति निकालेर भदौमा हुने तय भएको साधारण सभा स्थगित गरेको जनाएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको क्यानले जनाएको छ ।

यसअघि भदौ १५ भित्र साधारण सभा गर्ने क्यानले जनाएको थियो । राष्ट्रिय खेलकुद परिषद् राखेपले खेलकुद गतिविधि अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.