बोक्साको आरोप लगाउने ६ जना पक्राउ

९ भदौ ७७, मंगलबार
Share this
698shares

९ भदाै, सिन्धुली ।

Advertisement

बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका—५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका—८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाइवा छन् ।

Advertisement

सोही ठाउँ बस्ने लक्ष्मण बम्जनलाई बोक्सा भन्दै हातपात गरेको प्राप्त उजुरीका आधारमा उनीहरुलाई यही भदौ ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामहादुर खत्रीले बताए ।

पक्राउ परेका सबैलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी बोक्सीको आरोप लगाइएको मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top