दाङमा रात्रिकालीन निषेधाज्ञा जारी, भोलिदखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागू

९ भदौ ७७, बुधबार

१० भदौ, दाङ । कोरोना सङ्क्रमण बढ्दै गएपछि दाङमा रात्रिकालीन निषेधाज्ञा जारी हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेधाज्ञालाई कायमै राख्ने निर्णय गरेको हो ।

भदौ १ गतेदेखि ८ गतेसम्मको लागि रात्रीकालीन निषेधाज्ञा जारी गरेकोमा मंगलबारको बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्बर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको बैठकले भदौ ११ गते बिहिवारदेखि जिल्लाभर लागू हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने, बजार लगायतका स्थानमा स्वास्थ्य मापदण्ड पुरा नगर्नेलाई नगद तथा अन्य कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले बजारलाई व्यवस्थित गर्नका लागि व्यवसायी तथा ग्राहक सबैले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्ने, छेकबार बनाउने, प्रचारप्रसारका लागि माइकिङ, सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ । बैठकले सबै गाउँपालिकामा क्वरेण्टीन, आइसोलेशनको व्यवस्था गर्ने, कन्ट्रयाक ट्रेसिङ, परीक्षण बढाउने निर्णय गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top