मूल्य सूची नराख्ने तथा बिल उपलब्ध नगराउने वीरगञ्जका तीन पसल कारबाहीमा

१० भदौ ७७, बुधबार

१० भदौ, वीरगञ्ज । मूल्य सूची नराख्ने तथा खरिद विक्री बिल उपलब्ध गराउन नसक्ने वीरगञ्जका तीन पसल कारबाहीमा परेका छन् ।

Advertisement

बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय, पर्साको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका माइस्थानस्थितका विभिन्न किराना तथा तरकारी फलफूल पसलमा अनुगमन गरेका थिए।

जिल्ला प्रशासन कार्यालयका अनुसार उपभोक्ताहरूको गुनासोका आधारमा अनुगमन गरिएको थियो। त्यसैअन्तर्गत तीन वटा पसललाई कारबाही गरिएको हो।

Advertisement

वीरगञ्जस्थित मिनाबजारमा रहेको चन्द्रकिशोर ट्रेडर्सलाई २० हजार, शिव देवी ट्रेडर्सलाई २० हजार र माँ जगदम्बा फ्रुट सेन्टरलाई १० हजार जरिवाना तिराएको हो।

यस्तै, महामारीको समयमा कसैले कालोबजारी गरे जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन समेत अनुरोध गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top