विदेशमा नेपाली अलपत्र पर्ने क्रम बढ्यो, कुवेतमा थप ८२ नेपाली अलपत्र

योगेन्द्र योगी
११ भदौ, दोहा ।
कुवेतमा पछिल्ला केही दिन यता विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरु अलपत्र पर्ने क्रम बढेको छ । काठमाडौँमा एसआरके तथा मदरल्याण्ड म्यानपावर मार्फत विभिन्न समयमा कुवेत पुगेका ८२ जना नेपाली कामदार अलपत्र परेका छन् । कुवेतस्थित वरबा ओइल सर्विसेस कम्पनीमा काम गर्न गएका उनीहरु कोरोनाका कारण सप्लाई कम्पनी बन्द भएपछि ६ महिनादेखि अलपत्र परेका हुन् ।

लपत्र परेको नवलपरासीका मुक्ति प्रसाद न्यौपानेका अनुसार सो कम्पनीमा काम गर्न जाँदा म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति १ लाख २० हजार देखि १ लाख ६० रुपैयाँ लिएको थियो । तर, मेनपावरले भनेजस्तो कम्पनी पनि नभएको र तलब पनि नपाएको उनले बताए । अहिले कम्पनी बन्द भएपछि ६ महिनादेखि न काम, न दाम भएर बस्नु परेको पीडितहरुको भनाइ छ ।

कम्पनीले लिएको साइट बन्द भएपछि कम्पनीले वेवास्ता गरेको कारण आफूहरु अलपत्र परेको पीडितहरुले बताएका छन् । कम्पनी प्रशासनलाई आधा की त आधा सेलरी दिन की त घर पठाउन भनेर आग्रह गर्दा काम दिन्छु भन्दै झुक्याउने मात्र गरेको पीडितहरु बताउँछन् ।
उनीहरुले हिजोसम्म कम्पनीले खान दिएको तर आजदेखि खाना दिन नसक्ने भन्दै खाना बन्द गरेको कारण आफूहरु थप समस्यामा पारेको बताएका छन् ।

Advertisement

पीडित न्यौपानेले भने– कम्पनीले खाना पनि बन्द गर्यो आफूहरुसंग पैसा छैन अब कसरी बाच्ने हो ? यो अवस्थामा नेपाल सरकारले हामीलाई छिटो भन्दा छिटो उद्दारको लागि पहल गर्नुपर्यो ।

आफूहरुलाई कम्पनीले खाना बन्द गरेपछि कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराएको र दूतावासले चाँडै उद्दार तथा राहतको लागि पहल गर्ने आश्वासन दिएको उनीहरुले बताएका छन् ।

Advertisement

यसअघि पनि एसआरके नेपाल मेनपावर मार्फत कुवेत पुगेर बिचल्ली परेका ३३ नेपालीलाई एनआरएन कुवेतले खाद्यन सहयोग गरेको थियो । अझै उनीहरु पनि कुवेतमै विगत लामो समयदेखि उद्दारको पर्खाइमा रहेका छन् ।

अहिले उनीहरु धमाधम विरामी पर्न थालेका छन् । कुवेत लगायत खाडीका अन्य देशहरुमा अलपत्र पर्ने नेपालीहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top