बुटवलमा प्लाज्मा थेरापीबाट उपचाररत एक महिला संक्रमितको मृत्यु

११ भदौ २०७७, बिहीबार
Share this
774shares

११ भदौ, बुटवल । बुटवलमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत् रुपन्देहीको तिलोत्तमा जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको हो।

Advertisement

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले थाइरोडिजम र उच्च रक्तचापको समेत बिरामी रहेकी उनको मृत्यु भएको जानकारी दिए।

साउन २६ गते संक्रमण पुष्टि भएकी उनलाई होम आइसोलेसनमा बसिरहेकोमा स्वास्थ्यमा समस्या आएपछि साउन ३१ गते अस्पताल भर्ना गरिएको थियो।

Advertisement

डाक्टर थापाका अनुसार ती महिलालाई नै बुटवलमा प्लाज्मा थेरापीबाट पहिलो पटक उपचार सुरू गरिएको थियो। उनको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। तिलोत्तमा नगरपालिकामा भने कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

Advertisement

त्यस्तै, कोरोना अस्पताल बुटवलमा ६ जना संक्रमितको मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top