तीन महिनामै टिकटकका सिइओ केभिनले दिए राजीनामा

११ भदौ, एजेन्सी । चिनियाँ स्वामित्वमा रहेको सर्ट भिडिओ एप टिकटकका प्रमख कार्यकारी अधिकृत (सिइओ) केभिन मयेरले राजीनामा दिएका छन्।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्ला साताहरूमा देखिएको तीव्र राजनीतिक परिवर्तनका कारण आफूले राजीनामा दिएको मयेरले जनाएका छन्।

मयेर डिज्नी छोडेर गत जुन १ देखि टिकटकको सिइओ बनेका थिए।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय संसारभर युवा पुस्तामा लोकप्रिय भएको छ।

Advertisement

अमेरिकामा पनि यसको लोकप्रियता बढ्दो छ। लोकप्रियता बढेसँगै टिकटक अमेरिका र चीनबीचको राजनीतिक मुद्दा बनेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकले प्रयोगकर्ताहरूका विवरण बेइजिङको सरकारलाई बुझाउने दाबी गर्दै यो अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताएका छन्।

Advertisement

उनले अमेरिकी कम्पनीहरूलाई टिकटकसँग कारोबार नगर्न ४५ दिने अल्टिमेटम दिएर कार्यकारी आदेशमा हस्ताक्षरसमेत गरिसकेका छन्। टिकटकले ९० दिनभित्र अमेरिकी कम्पनीलाई स्वामित्व हस्तान्तरण नगरे प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा छ।

अमेरिका, क्यानडा, न्युजिल्याण्ड र अष्ट्रेलियामा चलाउन माइक्रोसफ्ट र ओराकल कम्पनी टिकटकको स्वामित्व किन्न चाहन्छन्। तर अहिलेसम्म उनीहरूबीच सम्झौता भइसकेको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top