११ भदौ, काठमाडौं । केही दिन ओरालो लागेको सुनको मूल्य आज भने बढेको छ ।
सुनको भाउ आज प्रतितोला ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँ बढेसंगै तोलाको एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।