धनुषाको बटेश्वरमा नाम मात्रको लकडाउन, हाट बजार खुला

१० भदौ ७७, बिहीबार

नितेश यादव
११ भदौ, जनकपुरधाम ।
धनुषाको बटेश्वरमा पुनः एक हप्ताको लागि लकडाउन थपिएको छ । बिहीबारदेखि लागू हुने गरि अत्यावश्यक स्वास्थ्य सेबा बाहेक सम्पूर्ण सेबाहरु बन्द हुने गरि लकडाउन गर्ने निर्णय गरिएको हो ।

बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत तथा क्वारेन्टाइन संयोजक रुद्रनारायण यादवको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार भदौ १७ गतेसम्मको लागि लकडाउन थप गरिएको बताइएको छ । गाउँपालिका अन्तर्गत लाग्ने सानो देखि ठूला सम्पूर्ण हाटबजार पूर्णरूपमा बन्द गर्ने,गराउने साथै बजार पसल बिहान ७ बजे देखि १० बजे सम्म खोल्न दिने गरि निर्णय भएको गाउँपालिका अध्यक्ष राउतले जानकारी दिए ।

त्यस्तै गाउँपालिका अन्तर्गतका सैलुन, पान पसल र होटल पूर्णरुपमा बन्द रहने छन भने औषधि पसल र स्वास्थ्य सेवा खुल्ला रहने जारी सूचनामा भनिएको छ । यसअघि गत साउन ३१ गते घोषणा गरिएको लकडाउनको अवधि बुधबार राति १२ बजे समाप्त भएको छ । साथै गाउँपालिकाले घोषणा गरेको लकडाउन कागजमै सीमित भएको स्थानीयले बताएका छन ।

Advertisement

गाउँपालिका अध्यक्ष राउतले यसअघि साउन ३२ गतेदेखि लागू हुने गरि घोषणा गरेको लकडाउनको समयावधिमा पनि सबै हाटबजार नियमित लाग्दै आएको थियोे, बजारमा मानिसको भिडभाड पनि उस्तै देखिएको थियो । तर, बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित बजारमा लाग्ने हाट अगाडि नै प्रहरी चौकी हुँदा पनि प्रहरीले अनदेखि गरेको थियो । य

स्तो कागजी लकडाउनमा गरिब जनता तथा दिनहुँ ज्याला मजदुरी गरि खानेलाई मात्र सरकारले दुःख दिन खोजेको भन्दै स्थानीयले भने असन्तुष्टि जनाएका छन । बटेश्वर गाउँपालिका वडा नम्बर ३ का एक ५० वर्षीय पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि एकजना २५ वर्षीय एम्बुलेन्स चालकमा संक्रमण पुष्टि भएको थियो । बटेश्वरका एक कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top