×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कर्णालीका ३९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको तयारी

११ भाद्र २०७७

११ भदाै, सुर्खेत ।

कर्णाली प्रदेशका ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका १० वटै जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल भवन निर्माणको योजना ल्याएको हो ।

Advertisement
Advertisement

हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने सरकारको नीतिअनुसार चालू आर्थिक वर्षमा कर्णालीमा ३९ अस्पताल भवन निर्माण गरिनेछ । सुर्खेत–२ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अस्पताल निर्माण योजनासम्बन्धी प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको बताए ।

उनका अनुसार चालू आवमा सुर्खेतमा सात, हुम्लामा चार, जाजरकोटमा पाँच, जुम्लामा दुई र दैलेखमा छ अस्पताल भवन निर्माण गरिनेछ । त्यस्तै रुकुम (पश्चिम) मा दुई, सल्यानमा छ, कालीकोटमा दुई र डोल्पामा तीन अस्पतालका भवन निर्माण हुनेछन् । स्वास्थ्य मन्त्रालयले ३९ मध्ये ३३ अस्पताल भवन निर्माणका लागि बजेट सम्बन्धित स्थानीय तहलाई पठाउनेछ । बाँकी छ भवन भने शहरी विकास मन्त्रालयअन्तर्गतको भवन डिभिजन कार्यालयमार्फत निर्माण गरिनेछ । अस्पताल बनाउँदा कुनै स्थानीय तहमा साविककै स्वास्थ्यचौकी÷स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने तथा कुनै स्थानीय तहमा नयाँ ठाउँमा अस्पताल सञ्चालनका लागि भवन निर्माण हुनेछन् । राज्यमन्त्री रावतले चिकित्सकीय सेवा गाउँमै पु¥याउने उद्देश्यले अस्पतालका भवन निर्माण गर्न लागिएको बताए ।

सम्बन्धित क्षेत्रको जनघनत्व, स्थानीय जनप्रतिनिधिको सुझाव र स्वास्थ्य क्षेत्रको मापदण्डका आधारमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिनेछ । पाँच श्याका लागि रु सात करोड, १० श्ययाका लागि रु ११ करोड र १५ श्ययाको भवन निर्माणका लागि भौगोलिक क्षेत्रका आधारमा रु १६ देखि १८ करोडसम्म बजेट उपलब्ध गराइनेछ । मन्त्रालयले भवन निर्माणका लागि केही हप्ताभित्रै पहिलो किस्ताबापत रु एक करोड सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरेको छ । पहिलो चरणमा चालू आवभित्रै बोलपत्र आह्वान गरी भवन निर्माणको काम थालिनेछ ।

बहुवर्षीय आयोजनाअन्तर्गत रु सात करोडदेखि १८ करोडसम्मको लागतमा भवन निर्माण हुनेछन् । यसअघि स्वास्थ्य संस्थाका भवन निर्माणसम्बन्धी योजना शहरी विकास मन्त्रालयअन्तर्गतका भवन डिभिजन कार्यालयले कार्यान्वयन गर्दै आएको थियो । छिटोछरितो निर्माण सम्पन्न गर्ने उद्देश्यले अधिकांश भवन सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको हो । यसपटक छ भवन मात्र भवन डिभिजन कार्यालयअन्तर्गत कार्यान्वयन गरिनेछ ।

स्थानीय तहमा अस्पताल

सुर्खेतको सिम्ता गाउँपालिकाको बजेडीचौर, लेकबेंसी नगरपालिकाको दशरथपुर स्वास्थ्यचौकी, चौकुने गाउँपालिकाको बिजौरा स्वास्थ्यचौकी र वीरेन्द्रनगरको लाटीकोइली स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गरिनेछ । पञ्चपुरी नगरपालिका र चिङ्गाड गाउँपालिकामा स्थानीय तहको आवश्यकतानुसार अस्पताल भवन निर्माण गरिनेछ ।

मुगुमा सोरु र मुगुमकार्मारोङ गाउँपालिका, जाजरकोटमा छेडागाड र नलगाड नगरपालिका, शिवालय र बारेकोट गाउँपालिका, हुम्लामा सर्केगाड, अदानचुली, नाम्खा र ताजाकोट गाउँपालिका तथा डोल्पामा त्रिपुरासुन्दरी, डोल्पोबुद्ध र मुड्केचुला गाउँपालिकामा अस्पतालका भवन बन्नेछन् ।

Advertisement

जुम्लामा तिला नगरपालिका र कनकासुन्दरी गाउँपालिका, कालीकोटमा रास्कोट नगरपालिका, सल्यानमा दार्मा, कपुरकोट, कुमाख, सिद्धकुमाख र कालीमाटी गाउँपालिका तथा वनगाडकुपिन्डे नगरपालिका, रुकुम (पश्चिम) मा सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिका तथा दैलेखमा भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिकामा अस्पताल भवन निर्माण हुनेछन् ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top