काठमाडौँ उपत्यकाभित्र ३ स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

१० भदौ ७७, बिहीबार

११ भदाै, काठमाडौं ।

सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

उनका अनुसार ती स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको छ । यसको विस्तृत आयोजना प्रतिवेदन तयार पार्न परामर्शदाता कम्पनी हायर गरिने र ती कम्पनीले आगामी चार÷पाँच महिनामा यसको डिजाइन तयार गरिसक्ने छ । डिजाइन तयार गर्ने प्रक्रियामा सडक विभागका प्रतिनिधिको पनि संलग्नता रहने बताइएको छ । सोही अनुसार सडक विभागको टोलीले ट्रम्स अफ रिफ्रेन्स (टिओआर) तयार पारिरहेको छ । टिओआर परामर्शदाता कम्पनीलाई अध्ययनका लागि दिइने प्रस्तावना हो ।

Advertisement

“यसको डिजाइन तयार भएर विभागमा आइसकेपछि ठेक्का सम्झौतामार्फत निर्माण शुरु हुनेछ”, महानिर्देशक शर्मा भने, “चालू आर्थिक वर्षमा नै ती स्थानमा फ्लाइओभर निर्माणको कार्य शुरु हुनेछ ।” चालू आर्थिक वर्षमा सरकारले उपत्यकामा फ्लाइओभर निर्माणका बजेट समेत छुटाएको छ । आगामी वर्ष तीनवटै फ्लाइओभर निर्माण सक्ने लक्ष्य विभागले लिएको छ ।

चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको चक्रपथमा सरकार आफैंले फ्लाइओभर निर्माण गर्न लागेको उनले बताए । अहिले आठ लेनको सडक छ भने बीचमा मुख्य चार लेन छ । चार लेनको सीधा सडकमा हिड्न फ्लाइओभर निर्माण गरिने महानिर्देशक शर्माको भनाइ छ । “उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाइओभर’ निर्माण हुने भएपनि ती स्थानमा सरकारको आफ्नै लगानीमा निर्माण हुनेछ”, उनले भने, “सरकारको लगानीमा निर्माण हुन लागेको यी नै पहिलो फ्लाइओभर हुनेछन् ।”

Advertisement

चक्रपथ आठ लेनको भएपनि मुख्य मुख्य चोकमा सवारीसाधन जाममा बस्नुपर्ने बाध्यता छ । कलङ्की चोकमा अण्डरपास निर्माण गरिएका कारण जाम घटेपनि ग्वार्को, सातदोबाटा र एकान्तकुना चोकमा जामको समस्या छ भने सवारीसाधन वारपार गर्दा दुर्घटनाको जोखिम त्यतिकै बढेको छ । सोही समस्यालाई मध्यनजगर गर्दै मुख्य लेनमा आउजाउँका लागि फ्लाइओभर निर्माणको योजना अघि सारिएको विभागले जनाएको छ । डिपीआर तयार भएपछि मात्र फ्लाइओभर कस्तो मोडेलमा निर्माण हुने भन्ने तय हुनेछ ।

यसको निर्माण शुरु भएपछि एक वर्षदेखि १५ महिनासम्म लाग्ने महानिर्देश शर्माको भनाइ छ । नेपाली निर्माण व्यवसायीलाई नै यसको निर्माणको जिम्मेवारी दिइने उनले बताए । “विगतमा जटिल प्रकृतिका पुल निर्माण गरेका व्यवसायीलाई नै यसको जिम्मेवारी दिइनेछ”, उनले भने, “उहाँहरुले नै गर्न सक्नुहुनेछ भन्ने हामीलाई विश्वास छ ।”

अबको केही वर्षमा नै उपत्यकाको विभिन्न स्थानमा ‘फ्लाइओभर’को निर्माण हुनेछ । सङ्घीय राजधानीमा अहिलेसम्म एउटा पनि फ्लाइओभर निर्माण भएको छैन् । अब निर्माण हुने फ्लाइओभरमध्ये केही वैदेशिक लगानीमा त केही नेपाल सरकारको लगानीमा हुनेछ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा नेपाल, चक्रपथमा चीन र कोटेश्वर, वानेश्वर तथा थानकोटमा जापान सरकारको सहयोगमा फ्लाइओभर निर्माण हुन लागेको छ । यी सबै ‘फ्लाइओभर’ निर्माण सकिँदा अबको केही वर्षपछि काठमाडौँ उपत्यकामा झण्डै आठवटा फ्लाइओभर हुनेछ ।

काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप सबैभन्दा बढी हुने स्थानमा वानेश्वर र जडिबुटी चोक छन् । यी दुबै स्थानमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले ‘फ्लाइओभर’ निर्माण गर्ने योजना बनाएको महानिर्देशक शर्माको भनाइ छ । यसबारे जाइकाको टोलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागले पटक पटक छलफल गरिरहेको छ ।

बन्दाबन्दी पहिलेसम्म पनि यी दुई चोकमा निर्माणका लागि छलफल भएको थियो । केही वर्ष पहिले जाइकाकै ऋण सहयोगमा तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्मको सडक छ लेनमा विस्तार भएको थियो । आफूले विस्तार गरेको सडकमा जाइकाले फ्लाइओभर निर्माण गर्न इच्छा देखाएको छ भने सरकारले एउटै प्याकेजमा सूर्यबिनायकदेखि धुलिखेलसम्मको सडक विस्तार गर्न चाहेको बताइएको छ ।

त्यस्तै, नेपालको सडक यातायातको इतिहासमा पहिलो पटक आधुनिक सुरुङमार्ग निर्माणसँगै ‘फ्लाइओभर’ र ‘अण्डर पास’ निर्माण हुँदैछ । नागढुङ्गा सिस्नेखोला सुरुङ निर्माण गर्दा दुई सुरुङ र एउटा ‘फ्लाइओभर’ बन्नेछ । उक्त सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभइ नेपालकै समृद्धिमा विशेष योगदान गर्ने बताइएको छ । जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा सो सुरुङमार्ग निर्माण गर्ने गरी सरकारसँग सम्झौता भएको थियो । गत बर्ष सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कात्तिकमा उद्घाटन गर्नुभएको सो आयोजना ४२ महिनामा सम्पन्न गर्ने सम्झौता थियो । कोभिड–१९ को प्रभावका कारण यसमा अपेक्षा गरेअनुसार निर्माण अघि नबढेको बताइएको छ । बिसं। २०७५ मा चक्रपथको कोटेश्वर–कलङ्की सडक सम्पन्न गरेको चीन सरकारले दोस्रो खण्डका रुपमा कलङ्की चावहिल (धोबीखोला पुल) सडक विस्तार गर्ने भएको छ । आठ लेनमा सडक विस्तार हुँदा बालाजु र महाराजगञ्जलगायत चोकमा ‘फ्लाइओभर’ र ‘अण्डर पास’ निर्माण गरिने भएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top