बालिका बलात्कारको आरोप लागेका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

११ भदौ ७७, शुक्रबार

२२ भदाै, गोरखा ।

Advertisement

बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुपक्र्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतमा आज भएको थुनछेकको बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान गरिएको हो ।

जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलासले रानाभाटलाई कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार विनोद अधिकारीले जानकारी दिए । गत साउन १६ गते गाउँकै एक १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement

पक्राउ परेका रानाभाटलाई प्रहरीले जबरजस्तीकरणी शीर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाएको थियोे । प्रहरीले अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभियोजनका लागि जिल्ला अदालतमा पेश भएकामा अदालतले पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेपछि प्रहरीले रानाभाटलाई कारागार चलान गरेको हो ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top