हवाई नीतिको मस्यौदा सार्वजनिक, निजी विमान राख्न पाइने

११ भदौ ७७, शुक्रबार

काठमाडौँ : व्यक्तिगत प्रयोगका लागि समेत विमान दर्ता गरेर उडान गर्न पाउने गरी सरकारले नयाँ प्रस्ताव गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुझावका लागि सार्वजनिक गरेको हवाई नीति २०७७ को मस्यौदामा व्यापारिक उडान गर्न नपाउने गरी कुनै संस्था वा व्यक्तिले निजी प्रयोगका लागि अनुमति प्रदान गर्न सक्ने उल्लेख गरिएको हो ।

Advertisement

नेपालमा अहिलेसम्म निजी प्रयोगका लागि विमान दर्ता गरेर उडान सञ्चालन गर्न अनुमति दिने व्यवस्था छैन । सरकारले पहिलोपटक यस्तो व्यवस्थाको प्रस्ताव गरेको हो । हालसम्म व्यावसायिक उडानका लागि मात्र विमान दर्ता गरेर सञ्चालन अनुमति दिएको अवस्थामा मस्यौदा अनुरूप नै नीति पारित भएमा निजी विमान खरिद गरेर उडान गर्न सक्नेलाई बाटो खुला हुनेछ ।

मस्यौदामा २०६३ सालमा जारी गरिएको विद्यमान नीतिभन्दा केही थप व्यवस्था पनि गरिएको छ । हवाई सुरक्षालाई ध्यानमा राख्दै यसका लागि दक्ष जनशक्तिसहितको छुट्टै हवाई सुरक्षा दस्ताको प्रस्ताव यसमा गरिएको छ ।

Advertisement

स्वदेशी तथा विदेशी लगानीमा हवाई उडान प्रशिक्षण संस्था (फ्लाइङ स्कुल) सञ्चालन गर्न चाहने संस्थालाई तोकिएको अवधिसम्म निःशुल्क विमानस्थल प्रयोग गर्न पाउने व्यवस्था मिलाइने मस्यौदामा उल्लेख छ । नेपालमा दर्ता भएका वायुयान विदेशमा बेचबिखन गर्न वा लिजमा दिन सकिने गरी स्वीकृति दिन सकिने विषय पनि यसमा समेटिएको छ ।

सञ्चालनमा नआएका विमानस्थललाई उड्डयन अथवा पर्यटकीय क्रियाकलापका लागि सार्वजनिक निजी लगानी (पीपीपी) प्रवद्र्धन गर्ने नीति सरकारले लिएको छ । त्यस्तै अनुसन्धानका लागि विमानको डिजाइन तथा निर्माणका लागि समेत व्यवस्था गरिने भएको छ । नीतिले वायुसेवा संस्थालाई पलायन हुन नदिन मर्जरलाई समेत प्रोत्साहन गरेको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top