पाल्पाको निषेधाज्ञा एक साता लम्बियो

१२ भदौ ७७, शनिबार

१३ भाद्र, पाल्पा ।
कोरोना रोकथामका लागि पाल्पामा एक साता निषेधाज्ञा थप गरिएको छ।

Advertisement

कोरोना संक्रमण व्यवस्थापन समिति (सिसिएमसी) पाल्पाको बैठकले शुक्रबार यस्तो निर्णय गरेको थियो। सिसिएमसी बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १९ राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। यद्यपि, निषेधाज्ञा केही खुकुलो बनाइएको बताइएको छ।

प्रशासनका अनुसार बिहान ७ देखि ११ बजेसम्म अधिकांश पसल खोल्न पाउने निर्णय भएको छ। होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, जिमखानाबाहेक अन्य व्यवसाय सञ्चालन गर्न पाइने निर्णय भएको प्रजिअ न्यौपानेले बताए। निषेधाज्ञा अवधिभर सार्वजनिक तथा निजी सवारी साधन चल्न पाउने छैनन्।

Advertisement

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, एटिएम काउण्टर, हुलाकबाहेक सबै सरकारी, सार्वजनिक, बैक तथा वित्तीय संस्थाहरू बन्द रहने छन्। अत्यावश्यक कार्यका लागि घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ।

आदेशको उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने उनले बताए। यसअघि एक हप्ता निषेधाज्ञा जारी गरिएको थियो। पाल्पामा कोरोनाको कारणले २ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ तानसेन नगरपालिका ८ मदनपोखराकी ३० वर्षीय महिलाको मृत्यु भएको छ।

Advertisement

यसअघि पूर्वखोला गाउँपालिकाका एक पुरुषको मृत्यु भएको थियो। जिल्लामा अहिलेसम्म कुल ५७३ जनालाई कोरोना पोजेटिभ देखिएको छ। जसमध्य ५६१ जना निको भएर घर फर्किएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top