प्रदेश नं ५ मा कोरोना सङ्क्रमितको संख्या छ हजार नाघ्यो

१२ भदौ ७७, शनिबार

१३ भाद्र, रुपन्देही ।
प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ ।

जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ । प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷९१ जना रहेका छन् ।

Advertisement

प्रदेशमा चार हजार सात सय तीन जना सङ्क्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ । प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये १६ जना आइसीयूमा उपचाररत छन् । तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताए ।

बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ सङ्क्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ । सूचना अधिकारी पौडेलकाअनुसार सङ्क्रमण देखिएका ८७ जना अझैपनि क्वारेन्टिनमै छन् ।

उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । शुक्रबारसम्म एक हजार चार सय ७६ जना क्वारेन्टिनमै बसेका छन् । अहिलेसम्म ९७ हजार पाँच सय ९१ जनाको पिसिआर परीक्षण गरिएकोमा ९४ हजार छ सय १९ जनाको नतिजा आएकोमा छ हजार एक सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

दुई हजार नौ सय ७२ जनाको स्वाब परीक्षण हुने क्रममा छ ।(रासस)

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top