×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

बाढीपहिरोको जोखिमले रातभर जाग्राम

१३ भाद्र २०७७

१३ भाद्र, सिन्धुपाल्चोक ।
बाढीपहिरोको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

कयौँ मानिस घरबारविहीन बनेका छन् । पहिराकै कारण बजार क्षेत्रको बस्ती नै जोखिममा परेपछि पाँच पोखरी थाङपाल–८ तिपेनीका स्थानीय सुरक्षित स्थान र सहाराको पर्खाइमा छन् । टेण्टभन्दा अरु केही नभएकाले सुरक्षित बास नहुँदा रातभर अनिदो बस्नु परेको तिपेनीका चन्द्रकुमारी श्रेष्ठको गुनासो छ ।

Advertisement
Advertisement

उनी जस्तै तिपेनीका १९ घर परिवार अहिले पालमुनी रात बिताउन बाध्य छन् । साउन १८ गते आएको पहिराले घर पुरिएका छन् भने पाँचपोखरी पर्यटन मार्गको मुख्य सडक अबरुद्ध छ । दुई सय मिटर भन्दा माथिबाट खसेको पहिराका कारण बिस्थापित बनेका अर्का स्थानीय बलराम धितालले सुरक्षित ठाउँमा स्थानान्तरणको माग गरे ।

पहिराको कारण विस्थापित बनेका स्थानीयले प्रतिघर एक थान टेण्ट बाँडेर गाउँपालिका पन्छिएको बताएका छन् । वैकल्पिक बाटो खोलेपछि जोखिमयुक्त घरमा थप क्षति हुन नदिन पालिकाले कुनै पहल नगरेको स्थानीय भक्तबहादुर खत्रीले गुनासो गरे ।

घरमाथिबट निरन्तर पहिरो खसिरहेपछि सुनकोसी–६ धुसेनिका स्थानीय ईबहादुर भन्डारी छिमेकीको घरमा आश्रय लिँदै आएका छन् । तत्काल सुरक्षित स्थानमा बासस्थान व्यवस्था गर्न उहाँले आग्रह गरे । “तीन बन्डल जस्तापाता पाउनसके सुरक्षित ठाउँमा टहरो बनाएर बस्ने थिए”, उनले भने । त्यस्तै पहिराले सुनकोशी गाउँपालिका–६ मा दर्जनौँ घरहरु जोखिममा परेपछि त्यहाँका स्थानीयले पनि जीउधनको रक्षा गरिदिन आग्रह गरेका छन् ।

गतसाल पनि पहिरो आएको र आफूहरु अन्यत्र जान नसक्ने अवस्थाका कारण पेलेरै बसेको भन्दै यसपटक भने गाउँमा बस्नै नसकिने अवस्था निम्तिएको स्थानीयले सुनाए । तत्कालका लागि आफूहरुलाई अस्थायी बासस्थान व्यवस्था गरिदिन उनीहरुले आग्रह गरेका हुन् ।

अविरल वर्षापछि आएको पहिराले मेलम्ची नगरपालिका– १० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुन्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालसहितका १५ घर पहिराको जोखिममा परेका हुन् ।

“अविरल वर्षा हुँदा घर बगाउँछ कि भनेर हामी रातभर जागा बस्न थालेका छौँ”, स्थानीय राजु दाहालले भने, “आँगन पहिराले लगिसक्यो घर कुन दिन लैजाने हो”, घरमा जोखिम मोलेर बस्न बाध्य भएको उनले बताए ।

सिन्धुपाल्चोकमा २४२ बस्ती बाढीपहिराको जोखिममा रहेको बताइएको छ । पुनःनिर्माण प्राधिकरणका प्राविधिकले गरेको अध्ययनअनुसार यो तथ्याङ्क आएको हो । तथ्याङ्कका आधारमा गाउँपालिका भोटेकोशीमा ४९ र बलेफीमा १४ तथा नगरपालिका बाह्रबीसे २३ र चौतारा साँगा चोकगढी नगरपालिकामा चार बस्ती जोखिममा छन् ।

त्यस्तै हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसङ्खुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङ्पालमा ३२, सुनकोशीमा एक र त्रिपुरामा चार बस्ती जोखिममा रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

प्राविधिकले तीमध्ये ७१ बस्ती रेड, ७५ बस्ती एल्लो र ७६ बस्ती ग्रिन जोनमा राखेको बताइएको छ । अतिजोखिममा रहेका जुगल र बाह्रबीसेका केही बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिएको र अन्य पनि गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

उनका अनुसार जुगल गाउँपालिकाका लिदी, नाम्फा र बोल्देलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने छ । त्यस्तै बाह्रबीसे गाउँपालिकामा ६५ परिवार रहेको बस्तीलाई पनि अस्थायी स्थानान्तरण गर्न लागिएको छ । पहिराको उच्च जोखिममा परेपछि बलेफी गाउँपालिकाले २५ घर परिवारलाई सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको छ ।

Advertisement

बलेफी गाउँपालिका १ स्थित खमारेका २५ घर परिवार पहिराको जोखिममा परेपछि उनीहरुलाई गाउँपालिकाले तत्काल सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको हो ।(रासस)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top