१३ भाद्र, काठमाडौं ।
प्रधानमन्त्रीको गृह जिल्ला झापामा काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवण कुमार तिमिल्सिनालाई पठाइएको छ ।
तत्कालीन प्रजिअ उदयबहादुर राना मगर महावाणिज्यदूतको सिफारिसमा परेसँगै रिक्त पदमा तिमिल्सिनालाई सरुवा गरिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार काभ्रेपलान्चोकको प्रजिअमा सल्यानका प्रजिअ शिवराम पोखरेलाई ल्याइएको छ भने उनको ठाउँमा मन्त्रालयका सहसचिव हेमराज तामाङलाई प्रजिअ बनाइ पठाइएको छ ।