विराटनगर–८ मा निर्मलीकरण गर्दै नेकपा वडा कमिटी

१३ भदौ ७७, आइतबार

१३ भदौ, विराटनगर ।
कोरोना भाईरस ( कोभिड १९) संक्रमण बढिरहेका बेला कसैले सरकारको कामको विरोध र कसैले बचाउ गरिरहँदा नेकपा विराटनगर भने संक्रमितहरुको सेवामा लागेको छ । कोरोना संक्रमण भएर होम आईसोलेसनमा बसेका र कन्ट्रयाक टे«सिङमा परेकाहरुको घर तथा संक्रमणको जोखिम भएका ठाउँहरुमा निर्मलीकरण गर्दै आएको नेकपा विराटनगर–८ ले आज १६ घर निर्मलीकरण गरेको छ ।

नेकपा महानगरको अभियान अन्तर्गत वडा कमिटीले तेस्रो चरणमा १६ घर निर्मलीकरण गरेको तथा संक्रमित र कन्ट्रयाक टे«सिङमा परेकाहरुको परिवारलाई भेटी स्वास्थ्य अवस्था बुझ्नुका साथै स्वास्थ्य लाभको कामना गरिएको नेकपा विराटनगर–८ का अध्यक्ष राम पोखरेलले जानकारी दिए ।

Advertisement

वडाको राधे चोक, बलुवाही बिस्वकर्मा चोक, जिम्दार टोल, राजबंसी टोलका घरहरु समेत गरेर हालसम्म २०० घर निर्मलीकरण गरिएको उनले जानकारी दिए । घर निर्मलीकरणमा नेकपा वडा कमिटी सह ईन्चार्ज सरस्वती ओझा ,वडा कमिटी सचिब ज्ञानबहादुर कार्की , वडा कमिटी सदस्यहरु भुवन राजवंशी, सिताराम राजवंशी , असोक राजवंशी, राकेश राजवंशी,सन्तोष राजवंशी लगायतको उपस्थिति थियो ।

Advertisement

वडा कमिटीको सक्रियतामा सक्रमितहरुलाई आईसोलेसनमा पठाउने र कन्ट्रयाक ट्रेसिङमा परेकाको स्वाब लिन सहयोग समेत गर्दै आएको अध्यक्ष पोखरेलले बताए । वडा कमिटीले संक्रमितहरुलाई स्वास्थ्यलाभमा सहयोग पुग्ने आयुर्वेदिक औषधीसमेत वितरण गर्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top