महोत्तरीमा पहिलोपटक पीसीआर परीक्षण सुरु, दैनिक ९ सयको नतिजा आउने

१३ भदौ ७७, आइतबार

नितेश यादव
१३ भदौ, जनकपुरधाम ।
महोत्तरीमा जिल्लामै पहिलोपटक कोरोना भाइरस संक्रमणको परीक्षण सुरु भएको छ । महोत्तरीको बर्दिवासस्थित सरकारी अस्पतालमा शुक्रबारबाट पीसीआर परीक्षण सुरु गरिएको बर्दिवास नगरपालिकाका मेयर बिदुर कार्कीले जानकारी दिए । उनले नगरपालिकाले ९५ लाख रुपैयाँको आर्थिक लगानीमा पीसीआर मेसिनसहितको कोरोना परीक्षण मेसिन खरिद गरेको बताए

। उनले गत असारमा उद्घाटन गरिएको बर्दिवास अस्पतालको तीन तले नयाँ भवनमा पीसीआर मेसिन जडान गरिएको बताए । कोभिड १९ परीक्षण गर्ने जनशक्ति पर्याप्त भए एक दिनमा बर्दिवासबाट करिब नौ सय नमूनाको रिजल्ट आउने मेयर कार्कीले बताए । उनका अनुसार अहिले जनशक्ति पर्याप्त नभएकाले क्षमता अनुसारको परीक्षण भइरहेको छैन ।

क्षमता अनुसार पीसीआर मेसिन सञ्चालन गर्न १२ जना स्वास्थ्यकर्मी आवश्यकता पर्ने भएपनि हाल ६ जनामात्रै कार्यरत रहेको उनको भनाइ छ । शुक्रबार अस्पतालमा १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । बर्दिवास अस्पतालमा आएको रिपोर्ट पुनः भेरिफाइ गर्न राति नै जनकपुर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनले बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top