काठमाडौँ-तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने तयारी

काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौँ तराई/मधेस द्रुतमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउन लागिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले भन्नुुभयो, अरू राजमार्गमा अप्टिकल फाइबर राखेजस्तै दु्रतमार्गमा पनि अब कार्यक्रम अगाडि बढाइने छ ।

Advertisement

मुलुुकमा निर्माणाधीन र भविष्यमा निर्माण हुने मुख्य नयाँ राजमार्गमा अप्टिकल फाइबर विस्तार गर्ने प्राधिकरणको रणनीति रहेको छ । द्रुतमार्गमा समेत अप्टिकल फाइबर विस्तार गर्ने कार्यक्रम प्राधिकरणको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सूचीकृत भई स्वीकृतसमेत भइसकेको छ, उहाँले थप्नुभयो, यस कार्यक्रमलाई अगाडि बढाउन चालू आर्थिक वर्षमा १५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । यो आयोजनालाई अगाडि बढाउन चाँडै बोलपत्र आह्वान गर्ने बताउँदै उहाँले सो मार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको हुुँदा बोलपत्र आह्वानका लागि नेपाली सेनाको स्वीकृति चाहिने र त्यसका लागि प्रक्रिया अगाडि बढेको जानकारी पनि दिनुुभयो ।

द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनासँग समन्वय गरी अप्टिकल फाइबर विस्तार कार्य प्रक्रियालाई अगाडि बढाइने उहाँले स्पष्ट पार्नुुभयो । अनुमतिका लागि नेपाली सेनालाई पत्राचार समेत भइसकेको जानकारी दिँदै उहाँले सेनाको अनुमति प्राप्त हुनेबित्तिकै द्रुतमार्गमा पाइप (डक) राख्नका लागि सेवा प्रदायक कम्पनी चयन गर्न बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो ।, याे खबर गाेरखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top