दक्षिण एसियामा धेरै संक्रमित हुने सूचीमा बंगलादेश दोस्रो स्थानमा

१४ भाद्र, एजेन्सी ।
दक्षिण एसियामा सबैभन्दा धेरै संक्रमित हुने देश भारतलाई बंगलादेशले पछ्याउन शुरु गरेको छ ।

Advertisement

यहाँ भारतपछि बंगलादेश र पाकिस्तानमा क्रमश धेरै संक्रमित रहेका छन्। जोन्स हप्किन्स विश्वविद्यालको तथ्याङ्कअनुसार बंगलादेशमा आज बिहानसम्म ३ लाख ८ हजार ९ सय २५ जना संक्रमित छन्। बंगलादेशमा रहेका संक्रमित संख्या फ्रान्सकोभन्दा धेरै हो।

जर्मनी, इटाली, टर्कीजस्ता मुलुकका संक्रमित संख्या भन्दा बंगालादेश र पाकिस्तानमा धेरै संक्रमित छन्। पाकिस्तानमा अहिलेसम्म २ लाख ९५ हजार ३ सय ७२ जना संक्रमित रहेका छन्। विश्वविद्यालयको तथ्याङ्कअनुसार बंगलादेश कोरोना कहरले प्रभावित मुलुकको १५ औं स्थानमा छ भने पाकिस्तान १७ औं स्थानमा रहेको छ।

Advertisement

बंगलादेशमा अहिलेसम्म ४ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन्। पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ६ हजार २ सय ८४ रहेको छ। पाकिस्ताले कोरोना भाइरसको संक्रमणलाई क्रमश नियन्त्रणमा लिइएको जनाउँदै सेप्टेम्बर १५ देखि स्कुलहरु खुला गर्ने जनाएको छ।

यता भारतमा संक्रमितको संख्या उछालकै क्रममा रहेको छ। विश्वमा भारत अहिले तेस्रो धेरै संक्रमित भएको मुलुक हो। अमेरिका र ब्राजिल भारतभन्दा अगाडि छन्। अहिलेकै रफ्तारमा कोरोना संक्रमित थपिने हो भने भारतले ब्राजिललाई उछिन्न १० दिन पनि लाग्ने छैन।

Advertisement

दक्षिण एसयाको अफगानिस्तामा ३८ हजार १ सय ४३ जना संक्रमित पुष्टि भएको छ। उसको पछिपछि छ नेपाल जहाँ ३७ हजार भन्दा धेरै संक्रमित छन्। मालद्विभ्समा ७ हजार ५ सय ७८ जना संक्रमित छन् भने श्रीलंकामा यो संख्या २ हजार ९ सय ९५ रहेको छ।

दक्षिण एसियाली मुलुकमध्ये भुटानमा भने सबैभन्दा कम संक्रमित छन्। भुटानमा अहिलेसम्म १ सय ९५ जनामा संक्रमण देखिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top