एक सैनिक जवानले गरे आफैंलाई गोली हानी आत्महत्या

१३ भदौ ७७, आइतबार

१४ भदौ, काठमाडौं । नेपाली सेनाको भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा बसेका सैनिक जवानले आफैंलाई गोली हानी आत्महत्या गरेका छन्।

Advertisement

आइतबार बिहान ३ बजे सेनाका जवानले आफूले बोकेको हतियारले घाँटीमा गोली हानेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। गोली घाँटीबाट छिरेर कञ्चटबाट निस्केको देखिएको छ।

परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार आत्महत्या गर्ने सिपाही तनहुँ साबिक रानीपोखरी गाविस ६ घर भएका २७ वर्षीय दामोदर क्षेत्री हुन्।

Advertisement

उनका अनुसार आफूले बोकेको एसएलआर राइफलबाट उनले गोली चलाएको देखिएको छ। मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

उनी ९ वर्षदेखि नेपाली सेनामा कार्यरत थिए। उनी राति १२ बजेदेखि ड्युटीमा थिए।

Advertisement

उनको घटनास्थलमै मृत्यु भएको थियो। मृत्युपछि महानगरीय अपराध महाशाखा र सिंहदरबार वृत्तको टोली घटनास्थलमा गएको थियो।

महाशाखाले घटनास्थल मुचुल्का संकलन गरी अनुसन्धान थालेको प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताए।

सैनिक जनसम्पर्क तथा निर्देशनालयले पनि ड्युटीमा बसेका जवानले गोली हानी आत्महत्या गरेको पुष्टि ग¥यो। सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले सिपाहीले गोली हानेर आत्महत्या गरेको बताए।

सो घटनाबारे सैनिक प्रहरीलाई अनुसन्धानको जिम्मा लगाइएको पौडेलले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top