बुटवलका एक कोरोना संक्रमित ६७ वर्षीय पुरुषको मृत्यु

१३ भदौ ७७, आइतबार

१४ भदौ, बुटवल। बुटवलको कोरोना विशेष अस्पतालमा आइतबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको दिउँसो साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

उच्च ज्वरो आएपछि ती व्यक्ति आइतबार बिहान ४ः३५ बजे उनी लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा भर्ना भएका थिए । लगत्तै गरिएको द्रुत स्वाब परीक्षणका क्रममा उनमा कोरोना देखिएको थियो ।

अस्पतालका अनुसार ती व्यक्तिमा पहिल्यैदेखि मुटुरोग, मधुमेह र प्रेसरको समस्या थियो । बुटवल उपमहानगरमा अहिलेसम्म कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top