एटीएम प्रयोगमा कुनै पनि शुल्क नलिनु : राष्ट्र बैंक

एटीएम प्रयोगमा कुनै पनि शुल्क नलिनु : राष्ट्र बैंक

१४ भदाै, काठमाडाैँ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो ।

यसअघि पनि राष्ट्र बैंकले यस्तै निर्देशन जारी गरेको थियो । गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको समयमा केन्द्रीय बैंकले त्यस्तो निर्देशन दिएको र बैंक तथा वित्तीय संस्थाले समेत पालना गरेका थिए । पछिल्ला दिनमा केही बैंक तथा वित्तीय संस्थाले त्यस्तो व्यवस्थामा पुनः विचार गरी शुल्क लिन थालेका थिए ।

पछिल्लो पटक पुनः काठमाडौँ उपत्यकालगायतका विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि निषेधाज्ञा जारी गरिएको छ । यस अवस्थामा नागरिकले सहज रुपमा बैंकिङ सेवा लिन पाउन् र कुनै पनि प्रकारको शुल्क तिर्नु नपरोस् भन्ने ध्येयका साथ पुनः निर्देशन दिइएको हो ।

केन्द्रीय बैंकले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थानुसार एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क नलिन भनेको हो ।

यस्तै एटीएम कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको जानकारी ग्राहकलाई दिनुपर्ने र कार्ड नवीकरण शुल्कका बारेमा समेत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । यस्तै कार्डबाट एक पटकका रु २५ हजार र दैनिक रु एक लाखसम्म रकम झिक्न पाउने व्यवस्था कायमै रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.